अबको आवशयकता विकल्पसहितको जनबिद्रोह

नरेश शाही
महासचिव ने.क.पा.(माओबादी केन्द्र )
 १.नेपाल कम्युनिस्ट पार्टीको टुटफुट र बिभाजनको इतिहासलाई निरन्तरता दिंदै भर्खरै यहाँहरुको पार्टी नेकपा (माओवादी केन्द्र) बिभाजन भएको छ, पार्टी बिभाजनको खास कारण के हो ?      
  हो घटनाक्रम हेर्दा कम्युनिष्ट पार्टीको इतिहास टुटफुट र बिभाजन को निरन्तरता भन्न सकिन्छ । तर हामी र हाम्रो पार्टीलाई बिभाजनको संज्ञा दिन मिल्दैन्न् किन भने हाम्रो पार्टी भित्रका एकात टुटफुट बिभाजनको बिउ रोपी राख्ने एकताको आधार भन्दा फुटका प्वालहरु खोजीराख्ने अद्दन्द्धवादी अभौतिक वादी गैर माक्स वादी विपश्यना वादी बुद्ध अप्तार राजनिति रुपमा बिचलन सागंठानीक रुपमा अराजक सांस्कृतिकरुपमा छाडा व्यक्तीवादी अहंकारवाद आइ एम द स्टेटको भावभयका  अधिनायकबादी जो मालेमा वादको रक्षा बिकासको नाममा दिव्यदिृष्टी द्दारा र अदिृस्य शक्ती द्दारा संसार संचालित छ भन्ने अधिभुतवादीहरु ले स्वीकार गर्ने विपश्यना  विज्ञान माक्र्सवादको चौथो संघठक अंग लाई क्रान्तिकारी पार्टी को दस्ता वेज नामक आलेख तयार गर्ने र मालेमावादको खिलाप गर्ने एकात व्याक्ती लाई पाटी ले अलग्यायको हो त्यस लाई पार्टी फुटायको भनेर बडुवा दिनु हुदैन किन भने पार्टी कस्तो वेला फुट्छ जव विचार राजनिति कार्यादिशामा भिन्नता देखीयो ला यन लिडर सिपमा भिन्नता देखी यो भने पाटी फुट्छ हाम्रो पाटी मा त त्यसो हैन हामी मालेवादी दर्शनमा दृढ र एकात विपश्यना दर्शन मान्ने व्यक्ती संगको सम्वन्ध विक्षेदको कुरा हो त्यस कारण पाटी फुटेको भनेर वढुवा दिनुहुदैन हो केही इमान्दार साथि हरु भ्रममा पर्नु‘ भयको छ एक चोटी स्मरण गर्न‘हुने छ । कि विपश्यना विज्ञान माक्र्सवादको चौथो संघठक अंग हुन न सक्र्ने निष्र्कस सहित पुरानै घरमा फिता ह्न्ु ह्नेछ हामी लाई विश्वास छ 
    २. सत्ताधारी पार्टी र विपक्षी दलहरुको कारण राजनीति प्रति जनतामा वितृष्णा बढेको अवस्थामा बिभाजनको कथा बोेकेर यहाँहरु जनता माझ कसरी जानुहुन्छ ? 
    पार्टी बिभाजनको कुरा मैले जोड्न नै चाहन्न यसको बारे मा यस भन्दा अगाडी भनि सके जहाँ सम्म सत्ताधारी पाटी र विपक्षी दलको कुरा छ त्यसमा  सत्तधारी विपक्षी दलको रणनिती र कार्यनिति जनताले राम्रो गरी बुझेका छन् उनिहरु को कार्यनिति को कार्यदिशा भनेको राजनिति सत्ताका लागी सत्ता भताका लागी भत्ता सात पुस्ताका लागी भनेर लागी राखेका छन् वास्तवमा यिनको मुल कार्यदिशा हामीलाई थाहा छ की दाईमारा भाई मारा गरीव मार वजेट मारा जनदमन कारी नव दलाल नव कमिसनखोर को भण्डाफोर गछौ  राष्ट्रियता, जनवाद जनजिविकाका स्वाल जन्ता लाई बुझाउछौ दोस्रो कुरा सत्ता सिन हरुले जनदमनका श्रीखला दिनानु दिन थोपारी राखेका छन २१ औ शतावदी को एक दसकको अन्त्य तिर पगि राखेको नेपाली जन्तालाई मध्य युगिन सामान्ती सत्ता तिर धकेल्न खोजेको  । राज्य सत्ता लाई सामान्ती हरुको राच्क्षेसी थलो बनाउन खोजेको कुरा लिएर जन्तामा हामी जान्छौ । यि जन विराधी गतीबिधी जन्तालाई वुझाउन सक्यौँ भने हामी र हाम्रो पाटी प्रति आकर्षण बढछ हामी हाम्रो लक्ष्य चुम्न सक्छौ ।   
३. मालेमावादको पथ प्रदर्शक सिद्धान्तलाई अंगिकार गरेको माओवादी केन्द्रले जनयुद्ध र जन आन्दोलनका बाँकी कार्यभार पुरा गर्ने भनेको छ यसको लागि योेजना के छ ? 
 म धैरै लामो व्याख्या गर्न चाहान्न संक्षेप मा कुरा के हो भने जनयुद्द र जन आन्दोलनका बाकी कारोवार पुरा गर्ने सन्र्धभमा कुरा गर्दा के हो भने हिजो र आज सत्ता को स्वरुप एकै छैन फरक छ । हिजो सामान्तवादी प्रतिगामी राजतन्त्र यथास्थीति वादी संसद वादी शक्ती र क्रान्तिकारी प्रगतिशिल माओवादी शक्ती विचको त्रिकोणाआत्मक लडाई थियो अन्तत्व सामान्तवादी प्रतिगामी राजतन्त्र रुपी हरु ले संसद बादी हरु सहित लाई धरपकट गर्ने नजर अन्दाज जेल राख्ने आदी हतकन्डा अपनाई सक्यपछी एउटा त बाह्रबुदे समाझदारी को मर्म थियो नै दोस्रो कुरा संसदवादी हरुको दिमागमा पनी नया उध्यलन आयको माँन्नै पर्छ अन्तत्व क्रान्तिकारी शक्ती र संसदवादी शक्ती बिचको सयुक्र मोर्चा जनअन्दोलनमा बदलियो र जनयुदकै जगमा जनबिद्रोह भयो अब त्योसो हैन राज्यसताको स्वरुप नवसंशोधन वादमा बदलियोको नव सामान्ति नव कमिसनखोर भित्र पनि भिन्नता छ सानो माछाले ठुलो माछा संग पौठे जोडी खेल्न सक्दैन भनाईको अर्थ यो होकि यस भित्र उत्पीडीत प्रगतिसिल शक्ति छन ,दोस्रो कुरा सरकारी जागिर खाएको सैनिक जनरल र जवानको अन्तिम उद्देश्य त सान्तिसुरक्षा अमनचयन गर्नु नै हो तर जनरली ठुलो स्केलमा तलब खान्छ उसको इच्छाचाहाना पुरा होला तर जवान रातदिन डियुटीमा हुन्छ तलवको स्केल कम हुन्छ उसको बालबचा होला लालनपालनको स्थितीहोला सहरबजार घरघडेरी गाडिघोडाको सपना होला तर तलब १५ हजार मात्र छ। यो १५ हजार लाई दैनिक उपभोगका सामानहरु सामान्य तरिका बाट प्रयोग गर¥यो भने त्यो जवान लाई महिनामा १५० रुपैया उल्टै ऋण हुन्छ यो कुरा चार्ट तयार पारेर अन्र्तरवार्ता मार्फत दिन सम्भब छैन त्यस कारण यो जवानको तप्कालाई कुरा बुझयौ भने सडकमा उत्रिन्छन तेस्रो कुरा जनताको जिवन स्तिर जहाँको त्यहिछ जनताबाट राजस्व असुल दिनानुदिन असुल गर्न राज्य एक ईन्च पछि हटेको छैन रेमिटेन्स र राजस्वमा बाचेको राज्यको चरित्र जनतामा बुझायौ भने ,चौथो कुरा राष्ट्रियता निकै खतरामा छ । जनजिबीकाका सवालको कुरै नगरौ यि बिषय राम्रो तरीकामा जनता लाई बुझायौ भने , पाचौ कुरा क्ररान्तिकारी र  प्रतिक्रन्तिकारी शक्ति बिच किताबन्दी हुदैछ त्यसमा हामी क्रन्तिकारी शक्ति एक ठाउँमा अयौ भने जनयुद्ध र जनआन्दोलनका बाकि कार्यभारपुरा हुन्छ ।     
 ४. पार्टीले महान जनविद्रोहको नीति लिएको छ वर्तमान अवस्थामा के सम्भव छ ?                                                          
    यसको उत्तर सायद ३ मा आइसक्यो थप राष्ट्रबादी देशभत नागरिक समाजका अगुवा देशभाक्त बुद्धिजिवी हरुको सयुँक्त  राष्टिय मोर्चा र क्रान्तिकारी शक्ति बिचको व्यापक धुर्बिकरण ले महान जनबिद्रोको सम्भावना छ । 
   ५. यहाँहरुले महान जनयुद्ध भनिएको १० वर्षे जनयुद्धका सुप्रिम कमान्डर पुष्प कमल दाहाल प्रचण्डको पार्टी नै सत्तासीन रहेको अवस्थामा अर्काे माओवादी पार्टीको आवश्यकता किन रह्यो ? 
  महान जनयुद्ध र जनयुद्धको नेतित्व गर्ने सुिप्रम कमाण्डर को पार्टी सत्तासिन रहेको कुरामा हामी किलियर छौं र मुलचुरोकुरा के हो भने हिजो जनयुद्धकालमा प्रचण्ड सत्तासिन थिए किन भने २४,२५,बर्ष सम्म पार्टी मुल नेतृत्व हात्याई राखे हजारौं जनताको छोराछोरी को सुरक्षा घेरामा नेतृत्व रक्षाको नाममा बासमति चामलको भात च्याखुराको मासु खाइबसे कमाण्डर बन्यो भने आदेश दिन मिल्छ नेता बन्यो भने भाषण गर्न पाइन्छ भन्य उद्देश्य प्रचण्ड ले  राम्ररी बुझनु भएको थियो त्यस अर्थमा उहाले नेतृत्व अरुलाइ दिन मान्नु भएन आफ्नो वरीपरी रहने हरुलाइ रजौटा शैलिमा सतासिन बनाइराख्नु भएको थियो दोस्रो कुरा जनयुद्ध ताका उहाँ को परिवार बाट कुनै पनि सदस्यको न कोख रित्तो रहयो नबालबच्चा टुहुरा भयो न उहाको गाउ बस्ती उजाड भयो त्यसकारण कहिले पनी बिद्रोहि हुनु भएन सत्तासिन हुनु छोड्नु भएन त्यसकारण उहाँ रियल क्रान्तिको नक्कली नेतृत्व भएर प्रति क्रान्ति भएको हो त्यस अर्थ  रीयल क्रान्तिको रीयल नेतिृत्व वा वर्ग सहितको  बन्दुक विचार सहितको नेतृत्वमा अर्को माओवादीको आवश्कता भएको हो ।
    ६. माओवादी केन्द्रले कार्यगत एकता हुँदै पार्टी एकताको लागि व्यापक प्रचारप्रसार गर्दै आएको छ अहिलेसम्म कुन–कुन पार्टीसँग कार्यगत र पार्टी एकताको लागि पहल हुँदैछ ?  
 कार्यगत एकता त भएकै छ २१ दलिए मोर्चाले दिनानुदिन कार्यक्रम आफ्नो रपतारमा लिएकै छ तर हाम्रो पार्टी संग अनौपचारीक छलफल भएकैछन तर औपचारीक छलफल अगाडी बढेको छैन 
 ७. पछिल्लो समय व्यक्ति हत्यामा उत्रिएको विप्लव माओवादीलाई नेपाल सरकारले लगाएको प्रतिबन्ध खारेज गर्न माओवादी केन्द्रले माग गरेको छ के सरकारले खारेज गर्लान त ?  
नेपालमा क्रान्ति पुरा भएको छैन क्रान्तिका बाँकि कार्यभार बल प्रयोगको सिद्दान्त बाट सत्ता कब्जा गर्नु पर्छ भनेकुरा सहि हो भन्ने मा हामि छौ बल प्रयोग भनेको छापामार युद्ध भन्न खोजेको होइन सरकार सत्ता र व्यवस्था को  विकल्प सहितको माहन जनबिद्रो हो र यसमा सामेल  हुन हामि आग्रह गरिराखेका छौ  र सत्तासिन साश्क हरुको विपलव माथि लगाइएको प्रतिबन्ध       खारेज गर्नुपर्छ भनेर जोडदार माग गरेका छौ बिचार गर्नुहोस आफैलाई भिमकया पहाड देख्ने शक्ति डाइनासोर लोप भयो । एक दिन नवसामान्ती संसदिय व्यवस्था लोप हुनेछन र हाम्रो माग अक्षर सः पुरा हुनेछ । देश गणतन्त्रात्मक मुलुक हुनेछ ।

८. पार्टी विभाजनको भोली पल्ट गोपाल किरातीले विप्लवसँग छिट्टै एकता हुने घोषणा समेत गर्नु भयो, यता यहाँहरु पनि एकताको लागि छलफलमा रहेको सुनिन्छ वास्तवमा विप्लव माओवादीकोे पार्टी एकता कुनसँग हुन्छ होला र व्यक्ति हत्यामा उत्रिएको विप्लव माओवादीसँग एकताको कतिको सम्भावना देख्नुहुन्छ ?
युद्धकालमा प्रचण्ड भन्ने गर्थे हामिले हाम्रो काम आफैले मात्र गरेका छैनौ केहि काम बिरोधि पक्षले गरिदिन्छन भने झै किराती स्वयम बाट मालेमाबादी क्रान्तिको रागले छोडे पछि क्रान्तिको राग भएका शक्ति संग सडक बाटै पार्टी एकता घोषणा ग¥यो भने कतै साख जोगिन्छ की भन्ने सोचमा पार्टी एकताको घोषण गनुभएको होला तर हामि आतिएका छैनौ किन भने हामि संग वर्ग सहितको बन्दुक छ बिचार सहितको नेतृत्व छ त्यस अर्थ हामि पार्टी एकता पहिले लामो समय सम्म कार्यगत एकता गछौ त्यस पछि एक अर्कोको वुझिन्छ आदत बानि व्यहोराको वारेमा अन्तर घुलन पछिमात्र पार्टी एकता हुन सक्छ।
९. माओवादी केन्द्र संसदीय व्यवस्थाको घोर विरोध पनि गर्छ चुनाव उपयोग गर्ने कुरा पनि बिधानमा उल्लेख छ वास्तवमा पार्टीको खास कार्यनीति के हो ?
सामान्तवादी व्यवस्था भन्दा पुजिवादी व्यवस्था एक स्टेप अगाडिको प्रगतिशिल व्यवस्था हो राजतन्त्र भन्दा संघिय लोकतान्त्रीक गणतन्त्र धर्ति आसमानको कुरा हो भनाइको अर्थ के पी भन्दा प्रचण्ड प्रगतिीशल नै ठान्नु पर्छ २०५७ मा सामान्ति युगको चुनाव उपयोग को निती भन्दा संघिय लोकतान्त्री मुलुकको चुनाव उपयोगको निती प्रगतिसिल मान्नुपर्छ हजुर पत्रकार हो कलम चलाइ रहनुभएको छ यो कलमको मसि मात्र समातेर त लेख्नु भएको छैन मसि बाहिर मसिनो सरा भएन भने मसि अडिन सक्दैन्न बग्छ । किन तरल पदार्थ हो । बिचार गनुहोस् कति ओटा बस्तु मिलेर कलम बनेको होला र हजुर ले कलम उपयोग गर्न पाउनुभएको ेहोला त्यस्तै क्रान्तीका हरेक अस्त्रको प्रयोग गनु पर्छ चुनाव उपायोग हाम्रो कार्यनिति टेक्टीस हो रणनिती होइन ।
१०. चुनाव उपयोगको निर्वाचन आयोगमा दर्ता गरिएको चुनाव चिन्ह गोलाकार भित्रको हसियाँ हठौडा अब कुन माओवादी केन्द्रको भनि मान्यता पाईएला त?
यस को बारे मा पहिलो कुरा हाम्रो ढङ मा भर पर्छ कि के कति पुयो पुगेन् भने हो दास्रो कुरा विधि प्रक्रियाको हिसावले हामी अगाडी छौ । त्यसकारण लोगो हाम्रो नै हुन्छ भन्ने मा हामी छौ ।
११. देशमा व्यापक भ्रष्टाचार र अनियमितताका कुराहरु उठिरहँदा माओवादी केन्द्र लगायत २१ दलको जारी आन्दोलनले जनसमर्थन जुटाउन सक्नु भएन नि ?
युद्ध लड्दा जम्मै साथि हरु ईनफेन्टी«मा लड्दैनथे कोई आठलरी को कोई रिर्जव मा कोई एच पी ग्रुप आदी मा हुन्थ्यौ भनाइको अर्थ के हो भने हामी २१ दल सबै ईनफेन्टी को आर्क को भुिमकका पुरा गर्ने ठाँउमा युनिफाईट भएका छैनौ कुरा हो के भने तालमेल नमिलेको जस्तो नै छ शिर्षस्थ नेत्रृत्तवको बिचमा छलफल हुदै छ । हेर्दै जानुहोस् सुनारको सय चोट लुहारको एक चोट भने झै जनसागर उरर्लिन्छ । जनताले सडक कब्जा गर्छन् । भ्रस्टाचार अनयमियतता बढारियर जान्छ ।
१२. अन्तमा यस समय दृष्टि साप्ताहिक मार्फत पार्टीका आगामी कार्यक्रम र कार्यनीति के के छ बताई दिनोस न ।
स्वाधिन र जनमुखी राज्य व्यवस्था स्थापना गर्न सरकार सत्ता व्यवस्था को विक्लप सहीतको संयुक्त जनबिद्रो मा जुटन् जनसंगठन निर्माण सुद्धिढ बिस्तार जनपरीचालन जनसरोकारका बिषयमा हस्तछेप आदी आगामी कार्य योजना रहेका छन ।

Commun khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *