विचलन वादी नेतृत्व र त्यसको प्रभाव

भोजराज त्रिपाठी

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी ( माओबादी केन्द्र) मा जन आकर्षण हुँदा हुदै पनि पर्टि अहिले सन्तोषजनक अवस्थामा छैन, यसका निम्ती यस पार्टिमा रहेका जिम्मेवार नेताहरुले सोच मनन गर्न जरुरी हुन्छ । पार्टिमा अहिले किन यस्तो अवास्था आएको छ ? किन जनताका स–सना समस्याहरु हल गर्न गह्रो भएको छ ।किन यस पार्टि नेता कार्यकर्ताहरु सत्तासिनहरु बाट हेपियका छन् ? आज बडो अचम्म लाग्दा प्रश्नहरु तेर्सियका छन् । यसको कारण हो प्रतिक्रियाबादी प्रगतीले दह्रो संग टाउको उठाएको छ । अब फेरी पार्टिलाई शक्तिशाली बनाउन र जनताको आशा अनि भरोसाको केन्द्र बनाउन जरुरी छ । यदि पार्टि जनताको आशाको केन्द्र बन्यो भने पार्टिले लिएका उद्देश्यहरु पुरा हुनेछन् । देशमा युगान्तकारी परिवर्तन ल्याउन सफल भइनेछ । त्यसका निम्ती सचेत हुनुपर्ने भनेको पार्टिलाई बिग्रन नदिनु र पार्टिलाई दक्षिण पन्थी संसोधनबादको खतराबाट जोगाउनु हो ।

नेपालको कम्युनिष्ट पार्टि जहिले पनि नेतृत्वको आडम्बरी र घमण्डीपनले बिग्रदै,गुट उपगुटमा बिभाजित हुदै आयो यसकारण नेतृत्वलाई नेता र कार्यकर्ताले सिमा भित्र राख्न नसक्दा आज पार्टि छिन्न भिन्न र क्रान्तिकारी नेता कार्यक्रर्ताहरु कुहिरोमा हराएको काग जस्तै भएका छन् । यस पार्टिको सुरुवाती अवास्था देखि हेर्दा हामीले केसरजंग रायमाझीलाई हेर्नुपर्छ उनले जे गरे त्यो ठिक गरेका थिएनन् । उनी आफैलाई एकदम ठिक गरेको जस्तो लाग्थ्यो होला तर त्यो उनले तय गरेको बाटो दुःख परस्त हुनु राजासंग मिलेर केही हुन्छ र गर्न सकिन्छ भन्ने ठान्नु उनको गल्ती मात्र थिएन ठुलो मुर्खता थियो । उनी कलंकका एक पात्र भइसकेका थिए कतै नभएको जात्रा हाँडी गाऊँमा भने जस्तै हाम्रो मुलुकमा एक पछी अर्को हुदै यस्ता घटनाहरु देखिदै आए । त्यस्तै आर्का पात्र नेकपा (माले) मा मदन भण्डारी देखिए जसले आम बामपन्थी बुद्धीजिवी सर्वहारा क्रान्तिकारी जनताको बुद्धीलाई दिग्भ्रमित पार्न सफल भए अझै पनि नेपाली जनतामा कोही कसैले मदन भण्डारीलाई गलत भन्यो भने नरुचाउने केही मान्छेहरु भेटिन्छन तर के गर्नु मदन भण्डारीले खेलेको भुमिका उनले पारेको भ्रमको बारेमा उनिहरुलाई के थहा ?

नेपालमा माक्सबादको प्रयोग र विकाशमा ल्याएको बहुदलिय जनबादको कुरो त्यो अहीलेसम्म धोकाको विषय बस्तु बनिरहेको छ

सरसर्ती हेर्दा चुनवीशैलीबाट उपरी संरचना निर्माण गर्नु र राष्ट्रिय स्वधिनता निर्माण गर्नु अनि जनतालाई शोषणबाट मुक्त गर्न सकिन्छ भनेर सोच्नु दिवा स्वपना देख्नु सहज जस्तै लाग्थ्यो तर उनको कुरा त्यतीबेलाका क्रान्तिकारीहरुले विरोध गर्नु र अस्विकार गर्नु एक्लो बृहष्पति झुठो भने जस्तै भएको थियो । तर त्यही कुरा मदन भण्डारीको जन्तको बहुदलिय जनबादको अभ्यास अहिले केपी शर्मा वलीको सरकारले गरिरहेको छ हामीले राम्रो संग हेर्न र बुझ्न सक्छौ ।
के अहिले देशलाई यो सरकारले स्वाधिन बनाउन सकेको छ ?
नत जनतालाई शोषण बाट मुक्त गर्न र जनतालाई खतराबाट जोगाउन यस कुराले यो प्रमाण्ति गर्दछ मदन भन्दारी त्यतीबेला ठिक थिए र उनले गलत निती ल्याएका थिए । हुनत त्यतीबेला मदन भण्डारी रहस्यमय ढंगले दासढुङगामा मरिए उनी मरिनुको कारण कम्युनिष्ट चिन्हको व्यापक प्रचार प्रसारको कारण नै थियो ।
जुनकुरा बिस्तारबादी भारत सम्राज्यबादी अमेरिकालाई सह्य थिएन तर पनि उनले नेतृत्व गरेको पार्टी आज सरकारमा पुग्यो इतिहासमा दुई तिहाई बहुमतको बलियो सरकारको रुपमा निर्माण भयो । जसको विचारले मानिसहरु सत्तासिन भए तर उनिहरु पेशामा रहेको उनका हत्याराहरु पत्तालगाउन र कार्वाही गर्न समेत राजी छैनन् यसले गर्दा विचलनबादी नेतृत्वको कारण राष्ट र जनताले मात्र हैन क्रन्तीकारी पार्टिले दिशा बदलिँदा स्वयं उसैको लागी प्रत्यूत्पादक हुदो रैछ भन्नेकुरा अहिलेको ओली सरकारलाई हेरेर बुझ्न सकिन्छ ।

विचलन बादी नेतृत्व र त्यसको प्रभाव बारे हेर्दा हामीले नेकपा मसालका मोहनबिक्रमसिँहको कार्यनिती लाई हेर्दा के बुझ्न सक्छौ भने उनले लिएको कार्य दिशा यान्त्रिक भौतिकबादी हुँदा त्यस पार्टि प्रती जन आकर्षण नहुनु र कुनैपनी संघषका कार्यहरु गर्न नसक्ने अवस्थामा रहदा त्यहा भित्र रहेको आस्थावान बौद्धिक मित्रहरु अकर्मण्यताको चंगुलमा फँसिरहेका छन । जुन पार्टि आज केही गर्न पनि नसक्ने, कुनै विकल्प देख्न र बुझ्न नसक्ने अवास्थामा रहेको छ ।यसो हुनुको कारण नेतृत्व स्वाइच्छिक मनोगत हुनुको र केन्द्रीय समितिका सदस्यहरुले बिचार प्रबाह गर्न नसक्नुको कमजोरी रहेको छ । त्यो पार्टि अक्रमण्यतामा फस्न गएको कारण हरेक जातजातीको मुक्तको सवाल लाई माथी उठाउने सन्दर्भमा उनीहरु जात जातीको युद्ध सम्झन्छन त्यसतै संघियता स्वभविक हो र हुनु पर्छ ।तर उनीहरु यस मानेमा देशलाई टुक्रिएको सम्झिन्छन । यसले के स्पस्ट पार्छ भने मोहन विक्रमसिँहको मनोगत रोगले त्यस पार्टिका नेता कार्यकर्ताहरुलाई छोएको छ । जो माक्र्सबादको विचार अध्ययन प्रयोग माओबादको बैज्ञानिकता सम्बन्धमा स्वच्छपुर्वक अगडि बढ्न नसक्ने अवस्थामा छन् ।

    विचलनवादी नेतृत्व कति सम्म हानिकारक ह्ुन्छ भन्ने सन्दर्भमा हामी यसरी बुझ्न सक्दछौ जसले ठिक अभ्यास र प्रयोगलाई गलत सवति गरिदिएको हुन्छ । जस्तो एक बाल्टी भरि दुध राख्नुस् त्यसमा सानो एक थोपा चुक (अमिलोको रस)  राखिदीनुभयो भने त्यो पुरा दुध बिग्रेर जान्छ दुधको गुण त्यसमा विग्रीन्छ जसले गर्दा त्यसबाट न खिर बन्छ न त दही जमाउन सकिन्छ ।त्यसतै माक्सबादमा अध्यात्मबाद एवमं दक्षिण पन्थी संसोधन बादको विचार जोड्नु भनेको यसलाई पथभ्रष्ट गर्नु हो । उदहारणको लागी पुष्पकमल दाहाल (प्रचण्ड) लाई हेरे पछि ठिक त्यसतै हो । उनले ल्याएको एक्काइसौँ शताब्दीको जनबाद अन्ततः संसोधनबादको दिशातर्फ उन्मुख थियो । जुन मदन भण्डारीको बहुदलिय जनबाद संगै मिसिएर एमालेकरण भयो । उनको नेतृत्वमा चलेको जनयुद्ध देशमा रहेको  शक्तिशाली पार्टिको आज यो दुर्दशा भएको छ । प्रचन्दमा आएको विचलन उनले पैदा गरेका चिजहरुमा नत कसैले कुरो उठाउन सकेका थिय नत उनको बारेमा कुनै छलफल चल्ने गरेका थिए । प्रचन्द आफुलाई माला लगाई दिन आफ्नो बारेमा तारिफ गर्न नेता कार्यकर्ताहरुलाई अग्रह गर्दथे तर सबै चुपचाप हुदै उनको इसारामा बाङ्गो रुखलाई सोझो भन्दै हिन्न थाले अन्ततः प्रचण्ड आफु मात्र समाप्त भएनन् सिँगो शक्ति माओवादी पार्टिलाई समेत उठ्न नसक्ने गरी थला पारे । जसले गर्दा पार्टिलाई माथी उठाउन आजको यो स्थिती भोग्नु परीरहेको छ  । प्रचण्ड शैली बाट नेता कार्यकर्ताहरुले सिक्न आवश्यक छ  त्यसतै सन्दर्भमा हामीले नेकपा (क्रान्तीकारी माओवादी ) पार्टिका महासचिव मोहन बैद्य किरणलाई पनि हेर्न अवश्यक छ । जसले क्रान्तीकिारीहरुको एकता धु्रवीकरण गनुृको सट्टा एउटा अक्रमण्ड्यतामा  उनको शैलीबाट त्यो पार्टि फँस्न पुगेको छ । जसले गर्दा विकासको साटो अद्योगतिमा चिप्ले किराको अवस्थामा हिडेर काँशी जाने सपना जस्तो देखिन्छ । यसको कारण के हो भने हालै मोहन बैद्य किरणको हिमाली दर्शन भन्ने किताव बजारमा पुगेको छ । जुन माक्र्सवादको मुल मर्ममा प्रहार भएको छ ।

वेद लगाएत धर्म ग्रन्थहरुमा भौतिकवाद देख्नु यो एउटा विडम्वनापुर्ण सोँच हो । यसले वर्ग संघर्षको स्वरुप र माक्र्सवादको प्रयोग र विकासलाई कहाँ पु¥याउछ भन्ने समस्या हो । एकैछिन मनौ पशुपतीनाथमा पुजागर्ने पुजारी बाट हामीले के अपेक्षा गर्न सक्छौ ? उसले कसरी भौतिक बादमा आशा राख्न सक्छ ? अनि उसको व्यावहार कस्तो हुन सक्छ ? हरेक मान्छे व्यावहार र मानविय गुण बाट कसैमा बढी कसैमा कम देख्न सकिन्छ तर जताततै भौतिकवाद देख्ने मनोगत रोगबाट मोहनबैद्य किरण ग्रसित छन् । यस्तो खाले विचार र व्यावहारले क्रान्तीलाई ठिक संग अगाडी बढाउन सक्दैन भन्ने यो तथ्य हो ।

यसैले क्रान्तीमा परिवर्तनकारी , क्रान्तीकारी पार्टिमा नेतृत्व र उसले लिएको विचार र व्यावहारको ठुलो महत्व हुन्छ । त्यसका विचार व्यावहार ठिक भएनन् भने त्यसको असर पार्टि भित्र र जनतामा नराम्रो संग प्रभाव पर्दछ । जसले गर्दा अहिले सम्मा हामीले यो देशमा सोचेको र खोजेको जस्तो परिवर्तन ल्याउन सकिएको छैनौ । पष्पलाल को मृत्यूपछि नेपालको कम्युनिष्ट पार्टिमा विचलनबादी नेतृत्व र माक्र्सवादको आफु खुशी व्याख्या गरिदिने र त्यसलाइ जथाभावी जहाँ पायो त्यहीँ जोडि दिने चलनले गर्दा आजहामीले दुःख पाईरहनुपरेको छ । पार्टि भित्र सर्वहारा शैली र सँस्कृतीको विकाश गर्दै अगाडिी बढ्न सकेको छैन । यसै सन्दर्भमा हामीले हाम्रो पार्टिका निवर्तमान अध्यक्ष गोपाल किँरातीले ल्याउनु भएको बिद्रोहको मार्ग दर्शन भन्ने किताबमा विपश्यना विज्ञान माक्र्सवादको चौथो संघटक अंगको रुपमा हुन्छ भन्ने कुरा गर्नु भएको छ यसो हुनुको अर्थ माथिका उदहरणका तथ्यहरुले नै प्रस्ट पार्दछन् । उहाँले ल्याउन खोजेको कुरो व्यावहार माक्र्सवाद संगत छैन माक्र्सवादमा विपश्यनालाई जोड्नु अव्यावहारिक हुन जान्छ । यसो गरियो भने यो अन्नतः संसोधनबादको दिशा हो । यसमा धेरै बहस र छलफल गर्नु आवश्यक छैन अव त्यसतै हामीले विप्लव नेत्रविक्रमले ल्याउनु भएको कार्यदिशा पनि त्यसतै खाले छ । जसको सही दिशा निर्धारण हुन सकेको छैन । माक्र्सवादले भन्दै र मान्दै आएको कुरो लेनिनको प्रयोग अभ्यास र यसको सफलताको कसीमा हामीले सर्वहारा वर्गलाई क्रान्तिका अधारभुत शाक्तिको रुपमा मान्छौं । तर चन्द जी हरु यसलाई स्वीकार गर्नु हुन्न र माक्र्सवाद माथी प्रहार गर्दै बहुलबादी निर्वाचन प्रणाली र अक्रमण्ड्यता सिङ र जुराहरु निकाल्दै मनोगत शैलीमा हिड्न खोजी रहनु भएको छ । उहाँका यी कमजोरीहरुलाई सच्याउदै अवको बाटोमा क्रान्तीकारीहरुले महान जन विद्रोहको कार्यदिशाभित्र ल्याउन र समेट्न आवश्यक छ । जसको पहल र विकास गर्न नेकपा (माओबादी केन्द्र ) अगाडी लाग्न जरुरी छ ।

Commun khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *