प्रदेश १ मा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौं । प्रदेश १ मा सत्तारूढ मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपाको नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमारनेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको हो ।

त्यो समूहका ‍‍‍‍३७ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । ‍‍‍प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा आज बिहान १० बजेर ४० मिनेटमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो ।

हिजो आङ्बोलाई मुख्ष्मन्त्रीले पदबाट हटानु भएको थियो । प्रचण्ड नेपाल समुहले प्रदेशसभा सदस्य भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि बढाउने भएको छ । संसदीय दलको चुनावमा २६ मत ल्याएका राईले आचार्यलाई दुई मतले हराउनु भएको थियो ।

९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ १ जना छन् । नेकपाका ६७ जनामध्ये पूर्वएमालेका ५१ र पूर्वमाओवादीका १६ जना छन् । प्रदेशसभामा बहुमतका लागि ४७ जना सदस्य चाहिन्छ ।प्रकाशित मिति: आईतबार, पुस १२, २०७७, ११:५८:००

Commun khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *